Matra Education आइतबार, साउन १० २०८३

अघिल्लो तहको नतिजा हेर्न नपाउँदै अर्को तहको परीक्षा सुरु

अघिल्लो तहको नतिजा हेर्न नपाउँदै अर्को तहको परीक्षा सुरु

  • मात्र एजुकेशन
  • सोमबार, पौस १९ २०७८


काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा लिएको लामो समयसम्म पनि नतिजा जारी गर्न सकेको छैन। २०७७ सालको फागुन महिनामा भएको ४ वर्षे बि.बि.एस. तेस्रो वर्षको नतिजा प्रकाशित नभएको हो। भोलि मंगलबार बाट चौथो वर्षको परीक्षा सुरु हुन लागेको छ तर तेस्रो वर्षको परीक्षा दिएका विद्यार्थीले उक्त तहको नतिजा थाहा नपाउँदै अर्को तहको परीक्षा दिन बाध्य हुनुपरेको छ। परीक्षा दिएको लामो समय बितिसक्दा पनि नतिजा दिन नसकेकाले त्रिविले विद्यार्थीलाई अन्योलमा राखेको र प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।

विद्यार्थीले एउटा तहको परीक्षा दिएर अर्को तहको परीक्षा आइसक्दा पनि विश्वविद्यालयले नतिजा दिन नसक्नुले परीक्षा नियन्त्रण कार्यालय के गर्दै छ भन्ने प्रश्न उब्जाएको छ।

यस विषयमा मात्र एजुकेसनले प्रश्न गर्दा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले केही समय अघि जनशक्ति अभावले ढिलो भएको बताएका थिए। साथै उनले राम्रो काम गरेको नदेख्नेले यो आरोप लगाएको बताएका थिए । आफूहरूले १०० वटा राम्रो काम गर्दा पनि नदेख्ने तर यही एउटा कमजोरीमा बारम्बार प्रहार गर्ने काम भएको गुनासो गर्दै उनले छिटै नतिजा निकाल्ने प्रयासमा रहेको भए पनि कति समय लाग्छ भन्ने बताउन नसकिने जानकारी दिएका थिए।

९ महिना सम्म एउटा नतिजा समेत दिन नसक्ने र जनशक्ति भएन लगायतका समस्या देखाउने त्रिविको पुरानै रोग भएको र यो जवाफ गैर जिम्मेवार भएको आम शिक्षक विद्यार्थीको धारणा छ।

त्रिविले आफैँले बनाएको नियममा भने परीक्षा दिएको ३ महिनामा नतिजा प्रकाशित गर्ने उल्लेख छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड