Matra Education आइतबार, साउन १० २०८३

नगरपालिकाले गर्‍यो भौतिक उपस्थितिमै विद्यालय खोल्ने निर्णय (सूचना सहित)

नगरपालिकाले गर्‍यो भौतिक उपस्थितिमै विद्यालय खोल्ने निर्णय (सूचना सहित)

  • मात्र एजुकेशन
  • बिहिबार, माघ २० २०७८


काठमाडौँ- राजधानीको गोकर्णेश्वर नगरपालिकाले भौतिक उपस्थितिमै विद्यालय खोल्ने निर्णय गरेको छ। बिहीबार एक सूचना जारी गर्दै नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले उक्त जानकारी दिएको हो।

नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार विद्यालय खोल्ने निर्णय नगरपालिकाले गरेको हो। “शिक्षा समितिको मिति २०७८/१०/१८ को बैठकले नगरपालिकाभित्रका सबै विद्यालय शिक्षालय सामाजिक एवं भौतिक दूरीको पालनासाथ स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगतालाई अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति २०७८/१०/२३ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसारै विद्यालय सञ्चालन गर्ने गराउने सम्बन्धमा उपयुक्त एवं भरपर्दो र विश्वसनीय वातावरण मिलाउन हुन सबैमा अनुरोध गरिन्छ ।” सूचनामा भनिएको छ।

तोकिएको मापदण्ड अनुसारको वातावरण तय भए नभएको विषयमा नगरपालिकाबाट अनुगमन गरिने र सो अनुसार नपाइएमा नियमानुसार भइजाने समेत सूचनामा उल्लेख छ।

अघिल्लो पटक पनि भौतिक उपस्थितिमा विद्यालय पहिलो चोटि सञ्चालन गर्ने गोकर्णेश्वर नगरपालिका थियो। यस अघि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को गोकर्णेश्वर नगर कमिटीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने अनुमति दिन नगरपालिकाको ध्यानाकर्षण गराएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड