Matra Education मंगलबार, असोज ६ २०८३

यस वर्षको एसइई चैत १५ गते देखि २७ गतेसम्म सञ्चालन हुने

यस वर्षको एसइई चैत १५ गते देखि २७ गतेसम्म सञ्चालन हुने

  • मात्र एजुकेशन
  • आइतबार, माघ ७ २०८०


काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १५ गते देखि २७ गते सम्म सञ्चालन हुने भएको छ।

आज (आइतबार) बसेको परीक्षा बोर्डको बैठकले एसइई उक्त मितिमा गर्ने निर्णय गरेको हो। बोर्डको वार्षिक कार्यतालिका अनुसार चैत पहिलो साता परीक्षा सुरु गर्नुपर्ने भए पनि होली/फागु पर्व पछि मात्रै परीक्षा गर्ने गरी आज निर्णय भएको बोर्ड अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

यो वर्षको एसइई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिस्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड