Matra Education आइतबार, साउन १० २०८३

आइसीसीसीले पुरा गर्नेछ तपाईँको क्यानडा अध्ययनको सपना, यस कारण छ सर्वोत्कृष्ट

आइसीसीसीले पुरा गर्नेछ तपाईँको क्यानडा अध्ययनको सपना, यस कारण छ सर्वोत्कृष्ट

  • मात्र एजुकेशन
  • बुधबार, जेष्ठ ९ २०८१


(मात्र एजुकेसनले विगत केही समयअघि देखि विश्वका विभिन्न देश पढ्न जाने नेपाली विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले अब्रोड स्टडी स्तम्भमा लेख्दै आएको छ। उक्त स्तम्भ अन्तर्गत हामीले भरपर्दो, विश्वसनीय र गुणस्तरीय भाषा कक्षा तथा परामर्श सेवा प्रदान गर्ने उत्कृष्ट परामर्श व्यवसायीका बारे तपाईँलाई जानकारी गराउँदै आएका छौँ । यो सामग्री त्यसैको निरन्तरता हो)

काठमाडौँ- पछिल्लो समय विदेश पढ्न जाने धेरै नेपाली विद्यार्थीको पहिलो रोजाइ बनेको गन्तव्य हो- क्यानडा। विश्वस्तरीय शिक्षा, सांस्कृतिक विविधता, विस्तारित श्रम बजार, स्तरीय जीवनशैली र शिक्षा पछिको व्यापक अवसरले यो मुलुकलाई आकर्षक शैक्षिक गन्तव्य बनाएको छ। यी र यस्ता थुप्रै कारणले क्यानडा तिर आकर्षित नेपाली विद्यार्थीहरू उपयुक्त शैक्षिक परामर्श दिने कन्सल्टेन्सीको खोजीमा हुन्छन्। यदि तपाईँ पनि यही खोजीमा हुनुहुन्छ भने कमलादी काठमाडौँमा प्रधान कार्यालय रहेको र देशका सबै प्रमुख सहरहरूमा शाखा रहेको इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइ.सी.सी.सी.) तपाईँका लागि सही छनोट हुनसक्छ।

आइ.सी.सी.सी. क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि नेपालकै सबैभन्दा अनुभवी र सर्वाधिक विश्वासिलो परामर्श केन्द्र हो। सन् २०१४ देखि सेवारत यस संस्थाले आफ्नो स्थापनाकाल देखि नै क्यानडाको मात्रै काम गर्दै आएको हुँदा क्यानडाको विज्ञका रूपमा नेपाली परामर्श व्यवसाय बजारमा चिनिएको छ। ‘रजिस्टर्ड क्यानेडियन इमिग्रेसन कन्सल्टेन्ट’आर.सी.आइ.सी. (क्यानेडियन सरकारले प्रदान गर्ने एक किसिमको अनुमति जसले क्यानडामा अध्ययन, काम वा बसाइसराइ गर्न चाहनेलाई परामर्श र आवश्यक सहयोग गर्न सक्छन्) को प्रत्यक्ष निगरानीमा विद्यार्थीको विदेश अध्ययन सम्बन्धी आवेदन फाइल अघि बढाइने हुँदा पनि यो संस्था अन्य परामर्श व्यवसायीहरूको भिडमा अलग छ।

विदेश पढ्न जानु अघि भाषा अध्ययन महत्त्वपूर्ण हुन्छ। विश्वका विभिन्न देशहरूले जस्तै क्यानडाले पनि आफ्नो देशमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भाषाको ज्ञान अनिवार्य गरेको छ। भाषा पढ्ने ठाउँ र त्यहाँको सिकाइ उत्कृष्ट नहुन्जेल अपेक्षित नतिजा प्राप्त गर्न सकिन्न भन्ने बुझेको आइसीसीसी व्यवस्थापनले त्यही स्तरको भाषा कक्षाको व्यवस्था गरेको छ। आई.इ.एल्.टि.एस्. र पि.टि.ई.को भाषा कक्षा सञ्चालन हुने आइ.सी.सी.सी.मा सुविधा सम्पन्न डिजिटल कक्षाकोठाको व्यवस्था गरिएको छ। एक पटकमा १५-२० जना सम्मको सेसनमा भाषा कक्षा सञ्चालन हुने यस संस्थामा दैनिक ५ कक्षाहरु र हरेक कक्षा १.५ घण्टा समयावधिमा सञ्चालन हुने गरेको छ । त्यस्तै अभ्यासका लागि छुट्टै कक्षाकोठा उपलब्ध गराइदिएर संस्थाले विद्यार्थीले आफूले चाहे जति भाषा अभ्यास गर्न सक्ने सुविधा दिएको छ। विश्वस्तरीय भौतिक पूर्वाधार सहितको कक्षामा राखेर अध्यापन गराइने भने पनि सुलभ शुल्कमा उक्त सेवा संस्थाले दिँदै आएको छ।

अझै विशेष त आइ.सी.सी.सी.का दक्ष भाषा प्रशिक्षकहरू छन्। आइ.सी.सी.सी.मा आई.इ.एल्.टि.एस्. अध्यापन गराउनु हुने सुरोज मोक्तान तामाङले आफैँ उक्त भाषा परीक्षामा ९/९ ब्यान्ड स्कोर प्राप्त गरेका छन् भने पि.टि.ई. पढाउने सुचारिका महतले पनि उक्त परीक्षामा ९०/९० अंक प्राप्त गरेकी छिन्। यसरी उत्कृष्ट अंक प्राप्त गरेका अध्यापकहरूले विद्यार्थीहरूलाई उनीहरूले चाहेको स्कोर ल्याउनका लागि उपयुक्त मार्गनिर्देशन गर्ने गरेका छन्। सोहिकारण आइसीसीसीमा पढेका विद्यार्थीहरूले भाषा कक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्छन्। त्यस्तै हरेक शुक्रवार निःशुल्क मक टेस्ट, भाषा अध्ययनका लागि चाहिने सामग्रीहरूको असीमित व्यवस्था, दक्ष, अनुभवी तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षकको व्यवस्था, भाषामा उत्कृष्ट नतिजा आदि आइ.सी.सी.सी.को भाषा कक्षाका विशेषताहरू हुन्।

क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका अगाडी थुप्रै परामर्श व्यवसायीहरूको विकल्प भए पनि केही विशेष कारणहरूले गर्दा उनीहरूले आइ.सी.सी.सी.लाई नै रोज्नुपर्ने हुन्छ। यो संस्था क्यानडा अध्ययन गरेर फर्किएका व्यवसायीहरू द्वारा सञ्चालित छ। त्यसकारण क्यानडाको वास्तविक अवस्था, त्यहाँका शैक्षिक संस्थाहरू, त्यहाँको जीवनशैली आदि बारे विश्वसनीय जानकारी नेपाली विद्यार्थीहरूले प्राप्त गर्न सक्छन्। त्यस्तै भौतिक रूपमा नेपालमै बसेर आर.सी.आइ.सी.ले काम गर्ने नेपालकै एक मात्र परामर्श व्यवसायी भएको हुँदा विद्यार्थीहरूलाई सबैभन्दा ठुलो लाभ हुन्छ। विद्यार्थीको अध्ययन, काम, पि.आर. लगायतका प्रक्रियालाई सहज बनाउने र उनीहरूलाई त्यस्ता विषयहरूमा आउने कुनै पनि समस्या समाधानका लागि सम्बन्धित निकायसँग कुरा गरेर समाधान गर्ने काम यस्ता आरसीआइसीहरुले गर्छन्। संस्थाले क्यानडाका १०० भन्दा बढी ‘पब्लिक विश्वविद्यालय तथा कलेज’हरूको प्रतिनिधित्व नेपालमा गर्ने हुँदा विद्यार्थीले आफ्नो आवश्यकता अनुसारको शैक्षिक संस्था छनोट गर्न पाउँछन्।

त्यस्तै, क्यानडा अध्ययनको सबैभन्दा अनुभवी र विज्ञको रूपमा रहेको यस संस्थाका सञ्चालकहरूले त्यहाँका प्राय सबै शैक्षिक संस्था घुमेर त्यसको वस्तुगत जानकारी हासिल गरेका छन्। आइ.सी.सी.सी.का सबै परमर्शदाताहरु लामो समयको अनुभवले खारिएका छन् जसले पनि विद्यार्थीलाई क्यानडा अध्ययनको जटिल प्रक्रियालाई सहज बनाउन मद्दत गर्छन्। विदेश अध्ययनको सुरुवाती अवस्था देखि विद्यार्थी आफ्नो गन्तव्य पुगेर पढ्न नथालुन्जेल हरेक पाइलामा साथ दिने यस संस्थाले नेपालबाट जानु अघि सबै जानकारी दिनका लागि ‘प्रि-डिपार्चर सेसन’ सञ्चालन गर्ने गरेको छ भने उता पुगिसकेपछि वासस्थान र काम खोज्न सहयोग गर्ने गरेको छ। त्यति मात्रै होइन आफूले पठाएको विद्यार्थीलाई थप कुनै समस्या आइपरे पनि संस्थाले तुरुन्त समाधानका लागि सहयोग गर्ने गरेको छ। क्यानडामा समेत आफ्नो शाखा कार्यालय राखेर संस्थाले ‘पि.जी.डब्ल्यु. पि.’ , ‘पि.आर’, ‘सिटिजनसिप’ लगायत प्राप्त गर्ने प्रक्रियामा नेपाली विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ।

विद्यार्थीका समस्यामा हरेक पटक अघि सरेर आवाज उठाउँदै आएको यस संस्थाले सेप्टेम्बर २०२३ मा क्यानडा अध्ययनको आवेदन दिएका विद्यार्थीहरू लामो समय सम्म ‘भिसा डिसिजन’ नआएर तनावमा रहेको बेला अन्य कन्सल्टेन्सी बाट आवेदन दिएका समेत सबै विद्यार्थीको हस्ताक्षर संकलन गरेर ‘पेटिसन फाइल’ गरेको थियो। कोरोनाको समयमा पनि यस्तै काम गरेर विद्यार्थीको समस्यामा आवाज उठाएर नेपाली विद्यार्थीको हित चाहने परामर्श व्यवसायीको पहिचान संस्थाले बनाएको छ। संस्थाका यस्ता कदमहरूले विद्यार्थीको समस्या धेरै हदसम्म समाधान भएका छन्।

प्लस टु दिएका विद्यार्थीका लागि विशेष अफर
त्यसो त आइ.सी.सी.सी.ले आफ्नो संस्थाबाट विदेश अध्ययनका लागि आवेदन दिने विद्यार्थीको हरेक दिन विशेष बनाउने गरेको छ। त्यसबाहेक हाल प्लस टुको परीक्षा भर्खरै सकिएको र विद्यार्थीहरू भाषा कक्षा तिर आकर्षित भएको अवस्थालाई मध्यनजर गर्दै संस्थाले त्यही किसिमको तयारी गरेको छ। संस्थाले हालै ‘मात्र एजुकेसन’ मार्फत घोषणा गरेको अफरमा अङ्ग्रेजी भाषा कक्षाको शुल्कमा यस्ता विद्यार्थीहरूलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। यो अफर अन्तर्गत विद्यार्थीले आगामी इन्टेकमा क्यानडा जानका लागि भाषा कक्षा लिन चाहेमा आइएल्टिएस र पिटिई दुवैमा ५०% मात्रै शुल्क तिरेर पढ्न पाउनेछन्। यो अफर देशभर रहेका शाखाहरू (काठमाडौँको पुतलीसडक, कमलादी र चाबहिल सहित बुटवल, पोखरा, चितवन, बनेपा, हेटौडा, झापा, इटहरी, धनगढी) बाट प्राप्त गर्न सकिने संस्थाका प्रबन्ध निर्देशक राम खड्काले मात्र एजुकेसनलाई बताएका छन्।

स्तरीय सेवाहरूका कारण आफ्नो छुट्टै पहिचान र गौरवपूर्ण इतिहास निर्माण गर्न सफल आइ.सी.सी.सी. तपाईँका लागि उपयुक्त परामर्शदाता हुन सक्छ। तपाईँ पनि आफ्नो क्यानडा अध्ययनको सपना पुरा गर्न चाहनुहुन्छ भने थुप्रै नेपाली विद्यार्थीहरूको सारथि बनिसकेको आइ.सी.सी.सी.लाई रोज्न सक्नुहुन्छ। त्यसका लागि तपाईँ संस्थाको माथि उल्लेखित मध्ये आफूलाई पायक पर्ने कुनै पनि शाखा कार्यालय जान सक्नुहुन्छ। त्यस्तै यहाँ क्लिक गरेर आइसीसीसीको वेबसाइट र यहाँ क्लिक गरेर फेसबुक पेज सँग पनि जोडिन सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड