Matra Education आइतबार, साउन १० २०८३

एमबिबिएस विद्यार्थीको हारगुहार कायमै, सरकारले कहिले सुन्ला ?

एमबिबिएस विद्यार्थीको हारगुहार कायमै, सरकारले कहिले सुन्ला ?

  • मात्र एजुकेशन
  • बिहिबार, मंसिर २३ २०७८


काठमाडौँ- चीनमा सन् २०१५ र २०१६ मा एमबिबिएस अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूले अनेक उपाय अवलम्बन गर्दा पनि आफ्नो समस्या समाधान नभएपछि राजदूतावासमा निवेदन दिएका छन्। उनीहरूले नेपालका लागी चिनिया राजदूतावासमा बिहीबार एक निवेदन पेस गर्दै आवश्यक सहयोग गरिदिनका लागि आग्रह गरेका हुन्। “हामी कोभिडका कारण नेपाल फर्किएपछि अलपत्र परेका छौ, हामीले सबै प्रक्रिया पुरा गर्दा पनि इन्टर्नसिप गर्न पाएका छैनौ। हाम्रो समस्या समाधानका लागि कृपया परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ।” विद्यार्थीहरू द्वारा बुझाइएको निवेदनमा भनिएको छ।

त्यस्तै विद्यार्थीहरूले नेपाल मेडिकल काउन्सिललाई पनि इन्टर्नसिपको व्यवस्था गरिपाऊँ भन्दै निवेदन पेस गरेका छन्। आफूहरूको समस्या समाधान गर्नुपर्ने निकायहरू एकले अर्कोको जिम्मेवारी हो भन्दै पन्छाउने गरेको हुँदा करिब १५० एमबिबिएस विद्यार्थीहरूको भविष्य नै अन्यौलमा परेको भन्दै आवश्यक सहयोग गर्न आग्रह सहित निवेदन पेस गरिएको हो। उनीहरूले सोही ब्यहोराको निवेदन चिकित्सा शिक्षा आयोगलाई पनि बुझाएका छन्।

यसअघि पनि चीनमा सन् २०१५ र २०१६ मा एमबिबिएस अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूले मेडिकल काउन्सिल अगाडी शान्तिपूर्ण प्रदर्शन, माइतीघर मण्डलामा विरोध प्रदर्शन, रिपोर्टस क्लबमा पत्रकार सम्मेलन लगायतका कार्यक्रम मार्फत विरोध जनाउँदै आफ्नो माग सम्बन्धित निकायसँग राखेका थिए। त्यस्तै उनीहरूले पशुपति आर्यघाटमा मन्त्रालयले जारी गरेको विज्ञप्ति जलाउँदै अनौठो विरोध शैली पनि प्रदर्शन गरेका थिए। यतिका प्रयास गर्दा पनि समस्या भने समाधान भएको छैन।

मात्र एजुकेसनले यो विषयमा निरन्तर रिपोर्टिङ गरिरहेको छ। तपाईँ सम्बन्धित समाचारहरू तल क्लिक गरेर पढ्न सक्नुहुन्छ।

नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै विद्यार्थीहरूको प्रदर्शन (फोटो फिचर)

विद्यार्थीको काउन्सिललाई प्रश्न, हामीले दोहोर्‍याएर पढ्नुपर्ने किन?

एमबिबिएस अध्ययनरत विद्यार्थीको समस्या यसरी समाधान गरिने

पशुपति आर्यघाटमा अनौठो दृश्य, मन कुँडाउने डाक्टरको पीडा

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड